सडक मानव उद्धार अभियान : जीतपुरसिमरामा मानवता केन्द्रित पहल
वि.सं.२०८२ जेठ १६ शुक्रवार १६:५४

बारा-नेपाल प्रहरी र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त पहलमा सडकमा बसोबास गर्दै आएका मानव तथा वेवारिसे अवस्थाका व्यक्तिहरूलाई उद्धार गरी मानव सेवा आश्रममा हस्तान्तरण गरिएको छ ।
उक्त उद्धार कार्य उपमहानगरपालिकाभित्र सञ्चालन गरिएको मानवता केन्द्रित अभियान अन्तर्गत गरिएको हो, जसले मानव अधिकार, सुरक्षा र संरक्षणको सुनिश्चितता गर्न मद्दत पुर्याएको छ ।
उद्धार गरिएको व्यक्तिहरूलाई खाने, बस्ने, औषधोपचार र आधारभूत सेवा सुनिश्चित गर्नका लागि मानव सेवा आश्रमको सहकार्यमा व्यवस्थित रूपमा स्थानान्तरण गरिएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।
उपमहानगर प्रमुख राजन पौडेलले यस अभियानलाई “स्मार्ट सहर निर्माणको एक संवेदनशील र आवश्यक पहल” को रूपमा व्याख्या गर्दै भन्नुभयो,
उद्धार टोलीमा नेपाल प्रहरीका प्रतिनिधि, नगर प्रहरी, सामाजिक अभियन्ता तथा मानव सेवा आश्रमका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।
स्थानीय बासिन्दाहरूले समेत यस कदमको प्रशंसा गर्दै सहरलाई व्यवस्थित, सुरक्षित र मानवीय बनाउने अभियानमा यस्ता पहलहरूको निरन्तरता आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।
वि.सं.२०८२ जेठ १६ शुक्रवार १६:५४

















