मुस्लिमको निधारमा दशैंको टिका र जमरा (फोटो फिचर)

12.75K shares

बारा–बाराको कलैयास्थित विश्वास एफ एमका प्रवन्धक हुन्, साजिर मन्सुर । उनी मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने त्यस क्षेत्रका सक्रिय सञ्चारकर्मीका रुपमा परिचित छन् ।

जिल्लामा हुने विभिन्न राजनीतिक, धार्मिक, सामाजिक कार्यमा समेत उतिकै सक्रिय सञ्चारकर्मी मन्सुर धार्मिक रुपमा सहिष्णु छन् । उनी ४ वर्षदेखि कलैयाकी अनिता थापाको हातबाट टिका थाप्दै आएका छन् । अनिता मंसुरका पूर्व सहकर्मीकी आमा हुन् ।

हिन्दु समुदायको चाडको रुपमा चिनिएको दशैं नेपालीको पर्वका रुपमा स्थापित बनिरहेको एउटा प्रतिनिधि पात्र बनेका छन्, मंसुर । उनले दशैंको टिका र जमरा लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।