skip this

बाराका यी तीन जना कांग्रेसको समानुपातिक उम्मेदवार ! कुन क्लस्टरबाट कति नम्बरमा ?

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसमा बारामा तीन जना नेताको नाम समेटिएको छ । निर्वाचन आयोगमा कांग्रेसले बुझाएको संशोधित बन्द सूचीमा कांग्रेसका सहमहामन्त्रीदेखि सञ्चार उद्यमी समेत छन् ।

बन्द सूचीमा सहमहामन्त्री फर्मुला मन्सुर, कांग्रेस नेतृ मधु शाही र सञ्चार उद्यमी प्रियंका कुमारी दासको नाम समावेश भएको छ ।

मंसुर पूर्व मन्त्री र शाही पूर्व सभासद् हुन् भने दास प्रेस युनियनमा आवद्ध छिन् । उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य हुन् ।

को हुन कलस्टरमा ?

पूर्व मन्त्री मन्सुरको नाम मुस्लिमतर्फ समानुपातिकको एक नम्बरमा छ । त्यस्तै खस आर्यतर्फबाट शाहीको नाम ११ नम्बरमा राखिएको छ भने दासको नाम मधेसी महिलातर्फ ९ औं नम्बरमा रहेको छ । यो बन्द  सूचीकाे अन्तिम नाम हो ।

असोज १६ गते नेपाली कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुकाे नाममा सहमति जुटाएको थियो ।

nijgadh-supermart-adz1200-630