skip this

सहिद स्मारक ए डिभिजन लिगः आज तीन खेलहरु हुँदै

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत तीन खेलहरु हुँदैछ ।आज लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।च्यासल मैदानमा हुने एक मात्र खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

nijgadh-supermart-adz1200-630