skip this hetauda tech

स्ववियु निर्वाचन: आज मतदाता नामावली प्रकाशन गरिँदै

372 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ। आज अपराह्न मतदाता नामावली प्रकाशन गरिने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।स्ववियु निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताएका छन् । “एक दुई क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्ना सङ्गठन दर्ता गराएका छन्”, “अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।”

निर्वाचन कार्यतालिका अनुसार शुक्रबार विद्यार्थी सङ्गठन दर्ता गर्ने समय तोकिएको थियो । निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको जानकारी दिएका छन् । उनका अनुसार आयुर्वेदिक क्याम्पसमा पनि विद्यार्थी सङ्गठन दर्ता हुन सकेन । उनले उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गतेका लागि विद्यार्थी सङ्गठन दर्ताको समय तोकिएको जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630