skip this hetauda tech

सिमराका शम्भुसिंह ठकुरीलाई श्रमिक सम्मानबाट विभुषित ! फुटबलको विकास र सर्पको उद्धारको कदर

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको फुटबल क्षेत्रका परिचित पात्र हुन्, शम्भुसिंह ठकुरी । सिमराको पहिचानका रुपमा स्थापित जीतपुरसिमरा गोल्डकप र ठकुरी पर्याय जस्तै हो ।

सुरुवातदेखि नै क्लबमा सक्रिय रहेका ठकुरी त्यस क्लबको सचिवका रुपमा प्रतियोगिताको व्यवस्थापन र सूचना प्रवाहको भूमिकामा रहेकै कारण प्रतियोगितासँगै ठकुरीको पनि पहिचान स्थापित छ ।

गोल्ड कपसँगै बाराको फुटबलको विकासका लागि सक्रिय रहँदै आएका ठकुरी अहिले मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष छन् भने नव जनजागृतिका महासचिव हुन् ।

धेरैले चिनेको फुटबलसँग जोडिएको पहिचान बाहेक पनि ठकुरीको अर्को पनि परिचय छ, त्यो हो–सर्पसँग जोडिएको । एक दशकयता उनले सिमरा आसपासका क्षेत्रमा ४ सय बढी सर्पको उद्धार गरिसकेका छन् ।

घर, शौचालय, सार्वजनिक भवनसँगै जोखिम अवस्थामा सर्पको आक्रमणबाट जोगिन स्थानीयले ठकुरीलाई सम्झन्छन् । त्यहाँबाट सर्पको शकुसल उद्धार गरेर मानिस र सर्पलाई जोगाउनु ठकुरीको कर्म बनेको छ ।

सम्मानित भए ठकुरी

ठकुरीलाई सिमरास्थित श्रमिक बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ ।

सहकारीले खेलकुदको विकासको लागि पुर्‍याएको योगदान र सर्पदंश न्यूनिकरण, सर्पको संरक्षण तथा सर्पदंशपछिको प्राथमिक उपचारको बारे दिएको प्रशिक्षणमार्फत खेलेको भूमिकाको निम्ति ठकुरीलाई सम्मानित गरिएको संस्थाका अध्यक्ष बेनीबहादुर तिमल्सिनाले बताए ।

रोयल सिमरा पार्टी प्यालेसमा आयोजित संस्थाको आयोजित संस्थाको १३ औं साधारण सभाको अवसरमा श्रमिक सम्मान प्रदान गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र सहकारी अभियन्ता मुकुन्दबहादुर क्षेत्रीको हातबाट सम्मान–पत्र प्रदान गरिएको थियो ।

nijgadh-supermart-adz1200-630