skip this yams_Max_Hospital.jpeg

कार्यपालिका लक्षित कोषबाट सर्मिलाले गरिन् बाख्रा वितरणदेखि विद्यार्थीलाई ट्रयाकसम्म

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।

एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।

कार्यपालिका सदस्य सर्मिला वि.क. निजगढ वडा नं. ५ बागदेवकी हुन् । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै पहिलो पटक कार्यपालिका सदस्य बनेकी हुन् ।

कार्यपालिका सदस्य सर्मिलाले कोषबाट प्राप्त बजेटबाट एउटा सिप मुलक तालिम गरेकी छिन् भने बाख्रादेखि खेलकुद, शैक्षिक सामाग्री, लत्ताकपडा र तरकारी तथा मल वितरण फलफुलका विउ वितरण गरेकी छिन् ।

के–के भए कार्यक्रम ?

कोषबाट महिलाहरुलाई क्रिस्टल माला बनाउने तालिम सञ्चालन गरिएको थियो । १ लाख ५० हजार बजेटमा क्रियटिभ स्किल डेभलेपमेन्ट प्रा. लि. ले १० दिनसम्म सञ्चालन गरेको तालिममा ३२ जना सहभागि थिए ।

त्यसैगरि दलित परिवारलाई बाख्रा वितरणमा कार्यक्रम अन्तर्गत २० परिवारलाई प्रति परिवार एक/एक वटा बाख्रा वितरण गरिएको छ । २ लाख बजेटबाट बागदेव पशुपालन फर्ममार्फत बाख्रा वितरण गरिएको हो ।

त्यसैगरि कोषमार्फत दुई वटा विद्यालयका विद्यार्थीलाई व्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

२ लाख बजेटबाट महिला आवाज नेपालले सार्वजनिक माध्यमिक विद्यालयमा १ सय ३५ जनालाई ब्याग, २५ जनालाई शैक्षिक सामाग्री र जनजागृती आधारभूत विद्यालयका ७५ जनालाई ब्याग र २५ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

त्यसैगरि कोषमार्फत दुई वटा फुटबल क्लबलाई ट्रयाकसुट वितरण गरिएको छ । निजगढ ५ को न्यू जनजागृती युवा क्लब र सिटी क्लबलाई २५/२५ थान ट्रयाकसुट र एक/एक थान फुटबल वितरण गरिएको हो ।

त्यसैगरि पिरु फाउण्डेशन र मुक्ति पुर्नस्थापनालाई झुल, तकिया र तन्ना ६/६ पिस वितरण गरिएको छ ।

एक लाख बजेटबाट सम्मुनत बहुउद्देश्य सहकारी सस्थाले ट्रयाकसुट र फुटबल, झुल, तकिया र तन्ना वितरण गरेको हो ।

त्यसैगरि कोषबाट सर्मिलाले मान बहादुर डासेली समेतको  सहकार्यमा पाँच सय परिवारलाई अर्गानिक तरकारी तथा मल वितरण फलफुल तथा तरकारी वितरण गरिएको छ ।

निजगढ तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लि. मार्फत एक लाख २५ हजार बजेटबाट वडा नं. ३ मा २५० र वडा नं. ५ मा २५० जनालाई विउ वितरण गरिएको हो ।

त्यसैगरि कार्यपालिका लक्षित कोषबाट ४ लाख बजेटमा मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले महिला हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम आयोजना गरेको छ ।

जसमा सर्मिलासहित अरुणा वि.क. मानबहादुर डासेली र मिना चौरेलमार्फत ४ कोषको सहयोगबाट तीन स्थानमा गरिएको कार्यक्रममा ९६ जना सहभागि भएका छन् । निजगढमा ३२ जना, सिंगौलमा ३३ र रतनपुरमा ३१ जना सहभागि भएको कार्यक्रम ७/७ दिन प्रत्येक ब्लकमा सञ्चालन भएको थियो ।

nijgadh-supermart-adz1200-630