skip this yams_Max_Hospital.jpeg

बागमती प्रदेश सांसद भुजेलको एक वर्षको प्रगति विवरण तथा अनुभुती सार्वजनिक (पूर्णपाठसहित)

2.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–नेकपा (माओवादी केन्द्र) की बागमती प्रदेश सभाकी सांसद शुष्पा भुजेल ‘आस्था’ ले पहिलो एक वर्षको प्रगति विवरण तथा अनुभुती सार्वजनिक गरेकी छिन् ।

सिन्धुलीकी माओवादी नेतृ आस्थाले कमलामाई पार्टी प्यालेसमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर एक वर्षको गतिविधिको समिक्षा र अनुभुती साटेकी हुन् ।

बागमती प्रदेश सभाको कृषि, शिक्षा, स्वास्थ्य समितिकी सदस्य समेत रहेकी आस्थाले एक वर्षको अवधिमा प्रदेश सभाका गतिविधि, कानून निर्माणको अवस्था, आफुले उठाएका विषयबस्तु र आफ्नो पहलमा भएका काम तथा योजनाका बारेमा जानकारी गराएकी थिईन् ।

उनले एक वर्षको अवधिमा सहभागि भएका तालिम, सार्वजनिक कार्यक्रमसहित प्रदेश सांसदका रुपमा गरेको अनुभुतीसहित प्रदेश सरकारका लागि सुझाव समेत समेटेर पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेकी हुन् ।

जनताबाट संसदमा पुग्दै गर्दा त्यहाँको अवस्था र आफुले संगालेको अनुभूतीका साथै आफुले गरेका कामको बारेमा जनतासम्म पुर्‍याउने उद्देश्यले आफुले पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको सांसद आस्थाले बताईन् ।

यस्तो छ गतिविधि र अनुभूतीको पूर्णपाठ  :


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630