skip this farak Kura Pravakar

पोखरेली नानीपछि १९ वर्षिय गायक आयुषमान बिष्टले ल्याए के यो माया हो (म्यूजिक भिडियोसहित)

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–ललितपुरका १९ वर्षिय गायक आयुषमान बिष्टको दोस्रो सांगेतिक कोशेली शनिबार सार्वजनिक भएको छ ।

के यो माया हो.. बोलको गितको म्यूजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजिनक भिडियोमा आयुषमान विष्टलाई शिल्पा थापाले अभिनयमा साथ दिएकी छिन् ।

आयुषमानको स्वरमा रहेको गित/संगीत सिद्धान्त खड्काको रहेको छ । अनुप चापागाईंको निर्देशन, पुष्पाञ्जली थापा निर्माता रहेको भिडियोको छायांकन बुद्ध थापा र सम्पादन विकास दाहालले गरेका हुन् ।

आयुषमान भिडियोको निर्माता रहेकी पुष्पाञ्जली थापाको पुत्र हुन् । पुष्पाञ्जलीले छोराको जन्मदिन ०२ डिसेम्बरको अवसरमा गीत युट्युबमार्फत सार्वजनिक गरिएको जानकारी दिईन् । उनले विशेष उपहारको रूपमा दर्शकमाझ ल्याउन पाएको भन्दै प्रोत्साहित गरिदिन अनुरोध गरेकी छिन् । उनले भिडियोलाई लाइक, कमेन्ट र सेयर गरिदिनुहुन हार्दिक अनुरोध गरेकी छिन् । उनले भनिन्–आयुषमान सांगीतिक करियरलाई अगाडि बढाउनुहोस् । तपाईंको भविष्यको प्रयासमा सबै राम्रो चीजहरूको योग्यता प्राप्त होस् । जन्मदिनको शुभकामना आयुष्मान !

आयुषमानले दुई वर्षअघि पोखरेली नानी बोलको गित ल्याएका थिए । यो म्यूजिक भिडियोलाई युटुब तीन लाख ३७ हजार पटक हेरिएको छ । कुशल कुमार खनालको शब्दमा रहेको गितमा बसन्त सापकोटाले संगीत भरेका थिए ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630