skip this farak Kura Pravakar

खोकनामा सिकाली जात्राको रमझम (फाेटाेफिचर)

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

ललितपुर-ललितपुरकाे खाेकनास्थित सिकाली चौंरमा सिकाली जात्रा सञ्चालन भईरहेकाे छ । सिकाली चाैरस्थित मन्दिर परिषरमा आयाेजित मेलामा स्थानीयकाे उल्लेख्य सहभागिता रहेकाे छ । दशैं को सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् ।

हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको छ ।

जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन् ।

 याे जात्रा देशैंको बेलामा यहाँ सुरु हुने गर्दछ । जात्रामा स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन् । जात्राको व्यवस्थापन स्थानीय गुठीहरुले गरेका हुन्छन्।   

nijgadh-supermart-adz1200-630