सत्ता गठबन्धन फुट नजिक ! जसपा बाहिरिने संकेत
वि.सं.२०७९ असोज १५ शनिवार १९:३५

काठमाडौं-नेपाली कांग्रेस नेतृत्वको पाँच दलिय सत्ता गठबन्धन फुटकाे नजिक पुगेकाे छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनकाे सिट बाँडफाँड अन्तिम चरणमा पुग्दै गर्दा दलहरुबीच असन्तुष्टि बढ्दै जाँदा गठबन्धन धरापमा परेकाे हाे ।
गठबन्धनकाे एक घटक जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ ।
आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका छन् ।
‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ ।
यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै पनि चुनावमा जाने निर्णय भएको उनले जानकारी दिएका छन् ।
सिट बाँडफाँडमा माधव कुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) काे पनि असन्तुष्टि बाहिरिएकाे छ । पार्टी अध्यक्ष नेपाल गठबन्धनकाे बैठक छाडेर बीचमै छाडेर हिडेकाे शुक्रबार समाचार बाहिर आएकाे थियाे ।
वि.सं.२०७९ असोज १५ शनिवार १९:३५

















