skip this farak Kura Pravakar

अब छठपछि सिमरा विमानस्थलमा नै विमानले ईन्धन भर्ने ! डिपो राख्न आयल निगमसँग सम्झौता

पर्यटन विकासकाे लागि सकारात्मक उपलब्धि हाे : मेयर पाैडेल

2.07K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-अब सिमरा विमानस्थलमा नै विमानले ईन्धन भर्ने बाटाे खुलेको छ ।

सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो राख्न सम्झौता भएसँगै विमानलाइ तेल भर्ने बाटाे खुलेको हाे।

आयल निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

विमानस्थलमा डिपाे राख्नका लागि मधेस प्रदेश उद्योग वाणिज्य संघ, जीतपुरसिमरा उपमहानगरपालिकासहित सराेकारवालाले पहल गरेका थिए ।

जीतपुरसिमराका मेयर राजन पाैडेलले डिपाे राख्ने सम्झौताले उद्योगी, पर्यटन क्षेत्रसहित उपमहानगरपालिकाकाे पहल सफल भएको प्रतिक्रिया दिए । `याे सकारात्मक उपलब्धि हाे, यसले सिमरालाइ हवाई उडानमार्फत देशका विभिन्न ठाउँमा जाेड्ने अवसर हाे,´ मेयर पाैडेलले भने-यसले पर्यटन विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।´



छठपछि डिपाे राख्ने

सिमरा विमानस्थल ।

सम्झौतासँगै अब सिमरा विमानस्थलमा अवतरण गर्ने जहाजले इन्धन भर्न सक्ने छन्। इन्धन भर्ने सुविधा छठलगत्तै सुरु गर्ने गरी सम्झौता भएको हवाइ इन्धन कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

डिपो स्थापना गर्नका लागि नागरिक उड्डयन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराउनेछ। सोही जमिनमा हवाइ डिपो स्थापना गरिनेछ।

देशकै पुरानो विमानस्थलमध्येको एक सिमरा विमानस्थलमा हवाइ इन्धन भर्ने डिपो स्थापनाका लागि माग हुँदै आएको थियो। इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंमा मौसम र `एयर ट्राफिक´का कारण अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट हुँदै आएका थिए।

काठमाडौंबाट छोटो दुरीमा भए पनि डिपो नहुँदा जहाज अन्यत्र पठाइने गरिएको थियो। आन्तरिक हवाइ सेवा प्रदायक संस्थाले पनि सिमरामा इन्धन भर्ने सुविधा उपलब्ध गराउन माग गर्दै आएका थिए।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630