माओवादी केन्द्रको समानुपातिक बन्द सूचीमा बाराका ४ जना उम्मेदवार
वि.सं.२०७९ असोज २३ आइतवार ११:३९
1.19K
shares

बारा–नेकपा (माओवादी केन्द्र) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा बाराका ४ जनाको नाम समावेश भएको छ ।
माओवादी केन्द्रले बुझाएको प्रतिनिधि सभाको ११० जनाको सूचीमा बाराका सोनालाल साहसहित ४ जनाको नाम समावेश भएको हो ।
११० मा साहको नाम ६९ र मधेसी (पुरुष)तर्फ तेस्रो नम्बरमा छ । उनी मजदुर नेता हुन् । २०६४ मा संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका जीतेन्द्र सोनलसंग उनी पराजित भएका थिए । उनको नाम बारा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्षमा सिफारिस भएको थियो ।
त्यसैगरि मधेसी महिलातर्फ ७६ नम्बरमा उमरावती देवी यादब, ७९ नम्बरमा उर्मिलादेवी कोइरन, मुस्लिमतर्फ १०७ नम्बरमा जरिमा बेगमको नाम छ ।
वि.सं.२०७९ असोज २३ आइतवार ११:३९

















