नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)
वि.सं.२०७८ भदौ २७ आइतवार १७:०९
काठमाडौँ : नेपाल-बंगलादेश राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको हो ।
पहिले खेलमा जित हात पारेको नेपाली टाेली आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ खेलाडी घोषणा गरेका हुन् । जसमा तीन खेलाडी परिवर्तन गरिएको छ । गोलकिपर अन्जना राना मगर, अनिता बस्नेत र रश्मी घिसिङ सुरुवाती-११ मा परेका छन् ।
यस अघि खेलेका एन्जिला सुब्बा, सबिता राना र मन्जली योन्जनलाई बाहिर राखिएको छ ।
हेरौँ भिडियो
पहिलाे मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईले शानदार प्रदर्शन गरेका थिए । आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।
वि.सं.२०७८ भदौ २७ आइतवार १७:०९