फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुने
वि.सं.२०८० असोज २० शनिवार ११:१५

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भईरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुदैँछ ।
फ्याफुल्ला फुटबल क्लबको आयोजनामा निजगढ वडा नम्बर १३ फ्याफुल्ला फुटबल क्लबस्थित खेल मैदानमा हुने पहिलो खेल पहिलो खेल एनएफसी निजगढ ९ र यसवाईसी निजगढ १२ विच दिउँसो १ बजे हुनेछ ।
त्यस्तै दोस्रो खेल वदोश्रो खेल फ्याफुल्ला युथ क्लब निजगढ १३ र यसवाईसी निजगढ ६ विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलामा पहिलो खेलमा एफसी कोलगाउँले निजगढ–४ को सनराईज युनाईटेडलाई २–१ गोलको अन्तरले पराजित गरेको थियो ।
त्यसै गरि दोस्रो खेलमा चकरी युथ क्लबलाई २–१ गोलको अन्तरले पराजित गर्दै योङ्ग व्याईज विजयी भएको छ ।
प्रतियोगितामा विजेताले ५० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २२ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
वि.सं.२०८० असोज २० शनिवार ११:१५

















