प्रथम राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हेटौंडाबाट निजगढका खेलाडीले ल्याए ४ पदक
वि.सं.२०८० कात्तिक १९ आइतवार २१:१४
3.51K
shares

बारा–मकवानपुरको हेटौंडामा भएको प्रथम राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा निजगढका खेलाडीले ४ पदक जितेका छन् ।
निजगढ तेक्वान्दो डोजाङ्गबाट सहभागी ९ जना मध्य ४ जनाले पदक प्राप्त गर्न सफल भएका छन् ।
क्रियटिभ तेक्वान्दो एकेडेमीको आयोजनामा कार्तिक १७–१८ सम्पन्न प्रतियोगितामा निजगढ तेक्वान्दो डोजाङ्गका कोच लक्ष्मण लामा थिए ।

कसले के जिते ?
स्वर्ण पदक विजेता
मुनी अंकित कुमार (५८ केजी)
रजत पदक विजेता
अजय मियाँ (७२ केजीमाथि)
कास्य पदक विजेता
फुर्वा दोर्जे मोक्तान लामा (२६ केजी मुनी)
प्रशान्त कुमार (४६ केजी मुनी)

वि.सं.२०८० कात्तिक १९ आइतवार २१:१४

















