skip this farak Kura Pravakar

प्रथम निजगढ सिटी स्तरिय तेक्वान्दो च्याम्पियनसिप आजदेखि

2.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा सञ्चालन हुने प्रथम निजगढ सिटी स्तरिय तेक्वान्दो च्याम्पियनसिपकाे आज उद्घाटन हुदैछ ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित २२–२३, मंसिरमा तेक्वान्दो च्याम्पियनसिप हुन लागेको हो ।

बारा जिल्ला तेक्वान्दो संघको आयोजनामा निजगढ–८ स्थित कभर्ड हलमा सञ्चालन हुने च्याम्पियनसिपमा एक सय खेलाडीको सहभागिता रहने संघका अध्यक्ष नन्दु लामाले जानकारी दिए ।

च्याम्पियनसिपमा निजगढ र कोल्हवीका खेलाडी सहभागि हुने छन् । च्याम्पियनसिपको शुक्रबार उद्घाटन र शनिबार प्रतिस्पर्धा गरेर समापन गरिने जनाईएको छ ।

च्याम्पियनसिपको मधेस प्रदेशकी सांसद मिना लामाले उद्घाटन गर्दैछिन् । उद्घाटन समाराेह दिउँसो ४:३० बजे सुरु हनेछ ।

प्रतियोगिताको फरक नेपाल डट कम मिडिया पार्टनर रहेको छ ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630