लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सुदृढिकरण आजको आवश्यकता हो–शेरबहादुर देउवा
वि.सं.२०७९ पुस २५ सोमवार १४:०१

काठमाडौ,। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा दिगो विकास, सुशासन, विकास र समृद्धि प्राप्त गर्नुपर्ने कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले मुलुकको व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने धारणा राखेका छन् ।
उनले प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा गरेकाले आगामी यात्रा स्पष्ट हुन जरुरी रहेको जिबिर गरेका छन् । संघीय लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको उनको भनाई छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सुदृढिकरण आजको आवश्यकता हो । यसका लागि संविधानको रक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन आजको आवश्यकता हो,उनले भने,संविधानको कार्यान्वयन गर्न धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी छन् । संविधानको रक्षा र त्यसका लागि नीति, कानुन बनाउनु छ । लोकतन्त्रको उन्नयनका निमित्त संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ।
सभापति देउवाले प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा सम्बोधन गर्दै देउवाले राज्यका सम्पूर्ण निकाय संविधान, कानुन र नैतिक आचरणमा चल्नुपर्ने बताएका छन् । सभापति देउवाले प्रतिनिधिसभाले आफ्नो ऊर्जा नेपाल र नेपाली जनताको हितमा लगाउनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई तथा शुभकामना दिएका थिए ।
वि.सं.२०७९ पुस २५ सोमवार १४:०१















