धनी र गरिवको प्यारमा बलिदान सबैको एउटै हुन्छ….
वि.सं.२०७९ असार ११ शनिवार ०७:४२
1.7K
shares

धेरै अहम नदेखाउ भो चिहान सबको एउटै हुन्छ ।
दिनचर्या त फरक होला, बिहान सबैको एउटै हुन्छ ।
विषालु नजरले हेर्ने भए नबोल गुलियो बचन पनि
सोँच यहाँ जन्म मृत्युको विधान सबैको एउटै हुन्छ ।
छन त सबै मान्छेका आ–आफ्नै छन परिभाषा यहाँ
धनी र गरिवको प्यारमा बलिदान सबैको एउटै हुन्छ ।
छन त सबै मान्छेका आ–आफ्नै छन परिभाषा यहाँ
धनी र गरिवको प्यारमा बलिदान सबैको एउटै हुन्छ ।
नलगाउ ठेस कसैको पनि गरेको चोखो विश्वासमा
स्वाभिमान र ईज्जतमा सम्मान सबैको एउटै हुन्छ ।
बल, बिद्या बुद्धिविवेक भाग्य कर्म त फरक होला
भेदभाव नगरी ईश्वरले दिने वरदान सबैको एउटै हुन्छ ।
–सुकेधारा, काठमाण्डौं
वि.सं.२०७९ असार ११ शनिवार ०७:४२

















