skip this farak Kura Pravakar

चोभारमा सुमो र मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु

2.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित चोभार डाँडाको घुम्तीमा टाटा सुमोसँग मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर काठमाडौं महानगरपालिका–१४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना र नागार्जुन नगरपालिका–६ बस्ने २६ वर्षीय समिर गिरीको मृत्यु भएको छ ।

बल्खुबाट चोभार जाँदै गरेको ना १ ज ६३५४ नम्बरको टाटा सुमो र चोभारबाट बल्खुतर्फ आउँदै गरेको बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किएको थियो । मृतक दुवैजना मोटरसाइकलमा सवार थिए ।

सुमो चालक बाराको जितपुर उपमहानगरपालिका–६ घर भएका २७ वर्षीय सञ्जय खानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । दुर्घटनाबारे महानगरीय प्रहरी बृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630