skip this

अबका दिनमा यस्तो गल्ती नगर्ने शर्तमा रिहा भए वडा अध्यक्ष गुप्ता

वडा अध्यक्ष छुटाउन पूर्वमन्त्रीकाे सक्रियता

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बारा क्षेत्र नं‍. ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि दिउँसो पक्राउ परेका वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले रिहा गरेको छ ।

समर्थकहरुले रिहाइको माग गर्दै त्रिभुवन राजमार्ग नै अवरुद्ध गरेपछि प्रहरीले स्थितिलाई साम्य पार्न वडा अध्यक्ष गुप्तालाई रिहा गरेको हो ।

बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय समेत रहको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेको आरोपमा वडा अध्यक्ष गुप्तालाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो ।

गुप्ता वडा नं. ७ जीतपुरका वडा अध्यक्ष हुन् । निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेकोले गुप्तालाई पक्राउ गरिएकोमा पछि छोडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

अबका दिनमा यस्तो गल्ती नगर्ने शर्तमा वडा अध्यक्ष गुप्तालाई छोडिएको उनको भनाइ छ । वडा अध्यक्ष गुप्तासँगै पक्राउ परेकी वडा सदस्य सिता उप्रेतीलाई पनि प्रहरीले रिहा गरेको छ ।

वडा अध्यक्ष छुटाउन दबाब

वडा अध्यक्ष पक्राउ परेपछि पुर्वमन्त्री एकबाल मियाँ, निर्वतमान प्रदेश सांसद सुन्दर विश्वकर्मा, प्रदेश सभाका उम्मेदवार देवनारायण चाैधरी लगायत सक्रिय भएका थिए । उनीहरु एमालेका नेता हुन् ।

रिहा हुदाँ वडा अध्यक्ष गुप्ता उनीहरुसंगै गेटबाट निस्केका थिए ।

nijgadh-supermart-adz1200-630