skip this farak Kura Pravakar

जाडो बढेपछि कलैयामा दुई दिन, जीतपुरसिमरामा एक दिन विद्यालय विदाको घोषणा

858 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जाडो बढेपछि बाराका स्थानीय तहले विदाको घोषणा गरेको छ ।

जाडोले विद्यार्थीलाई प्रभावित पारेको भन्दै कलैया उपमहानगरपालिकाले दुई दिन विदाको घोषणा गरेको छ । उपमहानगरपालिकाले आईतबार सूचना प्रकाशित गरेर माघ ७ र ८ गते विदा दिने जनाएको छ ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाले एक दिन विद्यालय विदाको घोषणा गरेको छ । उपमहानगरपालिकाले सूचना निकालेर माघ ७ गते विदा दिने निर्णय भएको जनाएको छ ।

बढ्दो जाडोका कारणबाट विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्णय भएको सूचनामा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630