skip this farak Kura Pravakar

टेलिकमको सीयूजी सेवाका लागि विभिन्न प्याकेज उपलब्ध, न्यूनतम १० जनाको समूह चाहिने

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं: नेपाल टेलिकमले कर्पोरेट युजर ग्रुप (सीयूजी) का लागि विभिन्न प्याकेज सञ्चालन गरिरहेको छ। कुनै संस्था वा कार्यालयमा कार्यरत न्यूनतम १० जना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिने टेलिकमले जनाएको छ।
सीयूजी सेवामा आबद्ध सदस्यहरुबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल, डेटा र एसएमएस पठाउन सकिन्छ। सीयूजीमा आबद्ध नभएका टेलिकमको नेटवर्कभित्रका अरु नम्बरहरुमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ। कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकता अनुसार टेलिकमले दुई सय, पाँच सय, एक हजार र १५ सय रुपैयाँ दरका सीयूजी प्याकेजहरु उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज अन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले दुई सय रुपैयाँको प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक १०० मिनेट अन-नेट (नेपाल टेलिकमको नेटवर्क भित्र) र १० मिनेट अफ-नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा पाउने जनाएको छ। साथै ५० वटा अन-नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने एक जीबी डेटा प्रयोग गर्ने सक्नेछन्। त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले पाँच सय रुपैयाँको प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक ५०० मिनेट अन-नेट र ५० मिनेट अफ-नेट भ्वाइस सुविधा तथा १०० वटा अन-नेट एसएमएस र ३० वटा अफ-नेट एसएमएस प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ।
जुनसुकै समयमा प्रयोग गर्न सकिने पाँच जीबी डेटा सुविधा पाउने बताइएको छ। यी दुईबाहेक पोस्टपेड मोबाइलका ग्राहकले एक हजार र १५ सय रुपैयाँका प्याकेज पनि प्रयोग गर्न सक्छन्।
एक हजार रुपैयाँको प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक एकहजार मिनेट कल गर्न सकिने टेलिकमले जनाएको छ। अन्य नेटवर्कमा भनेएक सय मिनेट कल गर्न सकिन्छ। यो प्याकेजमा १० जीबी डेटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ। साथै,१५ सय रुपैयाँको प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक १५०० मिनेट कल गर्न सकिने कम्पनीले जनाएको छ।
यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ।
कुनै संस्था वा कार्यालयले सीयूजी ग्रुपमा सहभागी गराउनुपर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।
न्यूनतम १० जना प्रिपेड वा पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराउने टेलिकमले जनाएको छ।

nijgadh-supermart-adz1200-630