skip this yams_Max_Hospital.jpeg

अवतार साकोस निजगढमा पुरानै ‘टिम’ लाई निरन्तरता ! देशमै अब्बल सहकारी बनाउँछु : अध्यक्ष लामा

विभिन्न व्यक्तिलाई विभिन्न शिर्षकमा सम्मान

2.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ–८ स्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

निजगढ बैंन्क्यूट तथा सेमिनार हलमा भएको साधारण सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा तथा सुपिवेक्षण समिति चयन गरेको छ ।

निर्वाचन उपसमितिका संयोजक अम्बिका प्रसाद चौलागाईले साधारण सभामा प्रस्तावित नाम प्रस्तुत गरेका थिए । जसलाई सभाहलले सर्वसम्मत रुपमा प्रस्तावलाई अनुमोदन गरेको थियो ।

संस्थाको सञ्चालक समितिमा पुरानै टिमले निरन्तरता पाएको छ । ११ सदस्यिय सञ्चालक समिति र तीन सदस्यिय लेखा समिति सर्वसम्मत चयन भएको हो ।

जस अनुसार अध्यक्षमा अजय लामा, उपाध्यक्षमा हरिबोल अधिकारी, सचिवमा श्रीहरी न्यौपाने, कोषाध्यक्षमा हिरालक्ष्मी लामा चयन भएका छन् ।

त्यसैगरि सदस्यमा टिकामाया लामा, जगतकुमारी अधिकारी, अमरलाल सिङतान, मोहन डिसी, रुपराम घिसिङ, बिजरमान गुरुङ, चित्रबहादुर लामा नन्दु चयन भएका छन् ।

त्यसैगरि लेखा तथा सुपिवेक्षण समितिको संयोजकमा युवराज न्यौपाने, सदस्य श्रीराम पौडेल, गोमाकुमारी लामा चयन भएका छन् । उनीहरुलाई निर्वाचन संयोजक चौलागाईले पद तथा गोपनियताको सपथ गराएका थिए ।

पुनः अध्यक्षमा निर्वाचित भएका लामाले संस्थालाई नगर, प्रदेश हुँदै नेपालमा पहिचान स्थापित गर्ने लक्ष्य प्रस्तुत गरेका थिए । देशमा स्थापित अब्बल सहकारी बनाउने अध्यक्ष लामाको प्रतिवद्धता जनाए । उनले पुनः निर्वाचित गरेकोमा धन्यवाद दिए ।

प्रतिवेदन प्रस्तुत

यस अघि साधारण सभाको बन्दसत्रमा अध्यक्ष लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए । त्यस्तै लेखा समिति सदस्य युवराज न्यौपानेले लेखा प्रतिवेदन हिरालक्ष्मी लामाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनलाई सभाले पारित गरेको थियो ।

सम्मान प्रदान

साधारण सभाको अवसरमा विभिन्न व्यक्तिलाई विभिन्न शिर्षकमा सम्मान गरिएको थियो ।

संस्थाले खेल क्षेत्रबाट समीर तामाङ, लिलाकुमारी सापकोटा, करुणा बुढाथोकीलाई सेयर पाँच हजार र बचत खाता पाँच सयको घोषणा र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट ऋणि खेमकुमारी खड्का, अम्बर राज घिसिङ, उत्कृष्ट बाल बचत स्नेहा भुजेल र आभास खतिवडा, उत्कृष्ट नारी बचततर्फ सीता कुमारी गौतमलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट कर्मचारी अवार्ड २०८० बाट उमाकुमारी डासेलीलाई सम्मान गरिएको थियो ।

यसअघि कार्यक्रमको मधेस प्रदेशकी सांसद मिना लामाले उद्घाटन गरेकी थिईन् । कार्यक्रममा प्रदेश सांसद लामा, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, कार्यपालिका सदस्य मनमाया लामा, सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतम, लोकप्रिय साकोसका अध्यक्ष अम्विका प्रसाद चौलागाई, आईएममी लाईफ इन्स्योरेन्सका मधेस प्रमुख रविशंकर सरार्फ, संस्थाका पूर्व सञ्चालक दिलबहादुर लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष विसन सापकोटा, सुनखरी कृषि सहकारी संस्थाका अध्यक्ष सागर दाहाल, सम्मुनत महिला बहुउद्देश्यीय सहकारी संस्थाकी सञ्चालक मिरा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630