skip this farak Kura Pravakar

कांग्रेस सांसद टेकबहादुर गुरुङलाई प्रतिनिधि सभा बैठकमा `नाे ईन्ट्री´

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- कांग्रेस सांसद टेकबहादुर गुरुङले प्रतिनिधि सभाकाे बैठकमा बस्न नपाउने भएका छन् ।
संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै सांसद गुरुङ निलम्बनमा परेको जनाएको छ ।

मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् ।

गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रको आधारमा समेत उनी निलम्बनमा परेको जनाएका छन् ।

उनले सूचनामा भनेका छन्–‘प्रतिनिधि सभाका सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति र राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ (घ) ले स्पष्ट पारेको अवस्था छ अतः प्रतिनिधि सभाका सदस्य टेक बहादुर गुरुङ उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि उक्त आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरि आयोगको प.सं. ०७९ /०८०, च नं.२७८२७, मिति २०७९/०९/०८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले प्रतिनिधि सभाका माननीय सदस्य श्री टेक बहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मिति २०७९/०९/०८ देखि स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।’

nijgadh-supermart-adz1200-630