skip this

अमेरिकाको पर्यटन तथा सद्‌भावना दूतमा विनोद अधिकारी नियुक्त

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अमेरिकाको पर्यटन तथा सद्‌भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन् ।

पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्‌भावना दूतमा नियुक्ति गरिएको हो ।

मंगलबार उनलाई पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र थमाएका छन् । चार वर्षे कार्यकालका लागि अधिकारी नियुक्त भएका हुन् । पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ ।

अधिकारीले कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणलाई समेटेर वित्त चित्रसमेत बनाएका छन् ।

nijgadh-supermart-adz1200-630