परराष्ट्र मन्त्री पाैड्यालद्वारा टर्कीका विदेश मन्त्रीसँग टेलिफाेन संवाद

वि.सं.२०७९ माघ २५ बुधवार २०:४५

काठमाण्डाै – परराष्ट्र मन्त्री डाक्टर विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेभल्लित कावुगोलुसँग टेलिफोन संवाद गर्नुभएको छ ।
आज बुधवार दिउँसो भएको टेलिफोनमा परराष्ट्र मन्त्री पाैड्यालले भूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै टर्कीको दुःखमा नेपाल साथमै रहेको बताउनुभएको छ ।
२०७२ सालमा नेपालमा गएको भूकम्पमा टर्कीले पुर्याएको सहयोग स्मरण गर्दै मन्त्री पाैड्यालले विपद्को पीडा नेपालले राम्रोसँग बुझेकाले टर्कीको दुःखमा विश्वभरको साथ आवश्यक रहेको बताउनुभएको छ । पाैड्यालले नेपालीको अवस्थाबारे पनि चासो राख्दै नेपालीलाई सुरक्षित स्थानमा राख्ने काममा सहयोगको अपेक्षा राखेको पनि बताउनुभएको छ ।
अस्ति सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ११ हजार दुई सय जनाभन्दा धेरेको ज्यान गएको छ ।

वि.सं.२०७९ माघ २५ बुधवार २०:४५