skip this

कोल्हवीमा दोस्रो सुभाष स्मृति खुल्ला भलिवल प्रतियोगिता हुने

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको कोल्हबीमा कार्तिक पहिलो साता दास्रो सुभाष स्मृति खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

गोपाल प्रगतिशिल क्लबको आयोजनामा कोल्हवी नगरपालिका–३ जुगवा जटहामा कार्तिक ४ गतेबाट भलिबल प्रतियोगिता हुन लागेको हो ।

आयोजक क्लबले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराउँदै प्रतियोगितामा जिल्ला भरिका १५ वटा टिमको सहभागिता रहने बताईएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार रुपैँया, शिल्ड, मेडल तथा प्रमाण पत्र दिइने छ भने खेलमा दास्रो हुने टिमलाई नगद ३० हजार रुपैँया, शिल, मेडल तथा प्रमाण पत्र प्रदान गरिने क्लबका अध्यक्ष जयमंगल चौधरीले जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष चौधरीो सभापतित्वमा भएको पत्रकार सम्मेलनमा कोल्हवी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला भलिबल संघका अध्यक्ष खुशी चौधरी, समाजसेवी अमृत कुमार जि.आर., आयोजक कल्बका सचिव सोगिन्द्र चौधरी, अग्रज खेलाडी मोहन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

nijgadh-supermart-adz1200-630