कोल्हवीमा मनाईयो जितिया पर्व
वि.सं.२०८० असोज २० शनिवार २०:२३

बारा–बाराको कोल्हबीमा कोल्हबी नगरपालिकाको सहयोगमा थारु कल्याणकाणी सभा गाउ“ इकाई कार्य समिति कोल्हबीको आयोजनामा जितिया पर्व मनाएको छ ।
कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित थारु सेवा सदन कोल्हबीमा रहेको सभा कक्षमा शनिवार एक कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाइएको हो ।
कार्यक्रमको कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरीले उद्घाटन गरेका थिए ।
त्यस्तै बिशिष्ट अतिथीमा थारु कल्याण कारिणी सभा बाराका सभापती राम प्रसाद चौधरी त्यस्तै कोल्हबीका नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष दिनेश चौधरी, समाजसेवी तथा श्री अनुप दिपनी माध्यमिक बिद्यालयका पुर्व प्रचार्य केवल प्रसाद चौधरी, शिक्षक बिरेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो ।
थारु गाउ“ इकाई कार्य समिति कोल्हबीका अध्यक्ष रामबाबु चौधरीको सभापतित्वमा गरिएको कार्यक्रमको संचालन सभाका कोल्हबी नगर कमिटिका अध्यक्ष रामनाथ चौधरीले गरेका थिए ।
वि.सं.२०८० असोज २० शनिवार २०:२३
















