skip this

बारामा घाँटी रेटी युवकको निर्ममतापूर्वक हत्या

3.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बारामा एक युवकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत जेठ ६ गते जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२० बसडिलवा गोठ टोल देखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा राजवशी पासवानको छोरा २५ वर्षीय दीपक पासवानको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाको सम्बन्धमा सुक्ष्म रूपमा अनुसन्धान गर्दा जेठ ३ गते राति उपमहानगरपालिकाको वडा नं.२० बसडिलवा टोल बस्ने शेख मीर हसनको छोरा वर्ष २० को शेख नवि आलम र सोही ठाउँ बस्ने शेख जैनुलको छोरा वर्ष २१ को शेख सलिम समेत पासवानको घाँटीमा धारिलो घरेलु हतियार प्रहर गरी निर्ममतापूर्वक घाटी रेटी हत्या गरेको पत्ता लागेको थियो । अपराधबाट बच्नको लागि मृतकको लासलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरेर उनीहरू गाउँघर छाडेर फरार भएका थिए ।

खोजतलासको क्रममा जेठ ८ गते उनीहरूलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सातको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630