skip this

कांग्रेसले संघ र प्रदेशमा पनि चुनावी तालमेल गर्ने

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- नेपाली कांग्रेसले आसन्न संघ र प्रदेशको चुनावमा पनि तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

“वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो द लबनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालेमेल गरेर अघि बढ्ने निर्णय गर्दछ,” निर्णयमा भनिएको छ, “तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवादमार्फत् निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।”

nijgadh-supermart-adz1200-630