skip this

केन्द्रीय कार्यसमिति बैठकबाट नीति अधिवेशनको मिति तोकिने छ –गगन थापा

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, चैत १३ गते । आगामी केन्द्रीय कार्यसमिति बैठकबाट नीति अधिवेशनको मिति तोकिने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । महामन्त्री थापाले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आयोजित जुम मिटिङका क्रममा त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको बताएका छन् । उनले जिल्ला, प्रदेश र पालिकास्तरमा वार्षिक सम्मेलन गरिने र त्यसपछि नीति अधिवेशन गरिने जानकारी दिएका छन् ।

उनले महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यको सहभागितामा नीति अधिवेशन गर्ने भनेर बहस भइरहेको बताएका छन् । सातै प्रदेशमा नीति अधिवेशन गरेर केन्द्रमा नीति अधिवेशन गराउने कि भनेर पनि छलफल भइरहेको थापाले बताए । महामन्त्री थापाले पार्टीको सबै तहलाई सुदृढ र व्यवस्थित बनाउन २०८० सालमा देशभरि घुम्ने आफ्नो योजना रहेको बताएका छन् । यो एक वर्ष स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा व्यवस्त भइयो । त्यसमा पनि पार्टीभन्दा गठबन्धन बैठकमा बढी सहभागी हुनुपर्यो, उनी भन्छन्, एक दुई दिनमा सरकारले पूर्णता पाउछ । हाम्रा सात आठ जना साथीहरु सरकारमा जानुहुन्छ । त्यसपछि हामी पुरा पार्टीको काममा लाग्छौं ।

आगामी केन्द्रीय कार्यसमिति बैठकअघि भ्रातृ संस्था र पार्टीका विभाग गठन गरिने महामन्त्री थापाले बताएका छन् । यस्तै क्रियाशील सदस्यता वितरणका प्रक्रिया थाल्न जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको उनले बताए ।

nijgadh-supermart-adz1200-630