सुक्खा पहिरोले एक्स्काभेटर पुरियो
स्काभेटर अपरेटर सामान्य घाइते
वि.सं.२०७८ चैत ९ बुधवार ०९:०९
2.15K
shares

सल्यान । दाङ-सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।
सल्यानको कपुरकोट ३ चोरखोला नजिक सडक निर्माण गरिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला-ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको छ ।
अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द छ । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
दाङबाट अर्काे एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने अनुमान प्रहरीले गरेको छ ।
वि.सं.२०७८ चैत ९ बुधवार ०९:०९

















