टांगियाबस्तीका स्थानीयले हतकडीसहित उम्काएका ‘सिकारी’ ले गरे आत्मसमपर्ण

तीन दिनपछि परे प्रहरीको फन्दामा

2.04K shares

बारा–जीतपुरसिमरा–१६ टांगियाबस्तीका ३५ बर्षका सागर लामाले प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन् ।

हतकडीसहित गाउलेको सहयोगमा फरार भएका लामा तीन दिनपछि प्रहरी कार्यालयमा आत्मसमपर्ण गरेका हुन् ।

उनलाई पक्राउ गर्न ठुलो मात्रामा बल प्रयोग गर्ने तयारी भईरहेको जानकारी पाएपछि आफन्तको सहयोगमा लामा ईलाका प्रहरी कार्यालय निजगढमा आत्मसमपर्ण गर्न पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
‘हामीले विशेष अप्रेसन थालेपछि परिवारको अनुरोधमा लामालाई प्रहरी कार्यालयमा हाजिर हुने अवस्था बनेको छ,’ प्रहरी उपरीक्षक बोगटीले भने–कानुन अनुसार अनुसन्धान र कारबाही अघि बढ्छ ।

मंगलबार विहान लामाको घरमा खानतलासी गर्दा हतियार, जनावरको अङग सहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङगामुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।

ठुला हतियार रहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनको घरमा छापा मारेको थियो । प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित लामा पक्राउ परेका थिए । प्रहरीका अनुसार उनको घरबाट लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद गरेको थियो ।

लामाको घरबाट बरामद् गरेको हातहतियारसहित सामाग्री ।

वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको प्रहरीको आशंका छ ।

टांगियाबस्तीका स्थानीयले प्रहरीलाई घेरा हालेर हतकडी लगाएका ‘सिकारी’ उम्काएपछि…