जीतपुरसिमरामा लम्पि स्किन रोग विरुद्ध ४ हजार बढी भ्याक्सिन वितरण
वि.सं.२०८० साउन १९ शुक्रवार १७:००

बारा-जीतपुरसिमराले लम्पि स्किन रोग विरुद्ध ४ हजार बढी भ्याक्सिन वितरण गर्ने भएको छ ।
पशुपन्छी विकाश शाखाले १८ वटा वडामा ४ हजार २ सय ७५ वटा भ्याक्सिन वितरण गरेकाे हाे ।
पशुपन्छी विकाश शाखा सिमराले गत आ.व. २०७९/०८० उपमहागपालिका भित्र तिव्र रुपमा फैलिरहेको लम्पि स्किन रोग विरुद्धको भ्याक्सिन वितरण गरिएकाे पशु चिकित्सक सुभाष झाले जनाए ।

धेरै मात्रामा रोग देखा परेको वडाहरुमा रहेका स्वस्थ पशु चौपायाहरुलाई भ्याक्सिनेसन कार्य गरी निरन्तर भ्याक्सिनेसन कार्य चलिरहेको बताए ।
सबैभन्दा बढी वडा नं. १६ मा एक हजार ८० वटा, वडा नं. ४ मा ४ सय ५० वटा, वडा नं. १५ मा ४ सय वटा, वडा नं. १४ मा ३ सय ५० वटा, वडा नं. १७ र २० मा समान ३ सय २५ वटा पठाएको छ ।
त्यस्तै वडा नं. १८ मा ३ सय ६० वटा, वडा नं. २ मा ३ सय वटा, वडा नं. १३ मा २ सय १७ वटा, वडा नं. १२ मा १ सय ३८ वटा, वडा नं. २४ मा ७५ वटा, वडा नं. ६ मा ७ वटा, ११ मा २५, १ मा २५, १३ मा २५, १९ मा २५, २२ मा ३०, ८ मा ५०, ७ मा ७५ वटा वितरण गरिएको छ ।
वि.सं.२०८० साउन १९ शुक्रवार १७:००


















