skip this

जीतपुरसिमराले नक्सापास नगरि बनेकाे भवनकाे एक पटकलाई अभिलेखिकरण गर्ने

2.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले नक्सापास नगरि बनेकाे घरकाे एक पटककाे लागि अभिलेखिकरण गर्ने भएको छ ।

उपमहानगरपालिकाको आठौं नगर सभाबाट हालसम्म निर्माण भएका घरहरूको हकमा निर्माण सम्बन्धी मापदण्ड मापदण्ड संहिता पालना नभएको हकमा एक पटकलाई अभिलेखिकरणकाे सुविधा दिने भएको हाे ।

आ.व. २०८०/०८१ भित्र अभिलेखीकरण सुविधा प्रदान गर्ने निर्णय भए बमोजिम उपमहानगरपालिका भित्र हालसम्म निर्माण भएका घर / भवनहरूलाई नक्सा पास/नियमित वा अभिलेखीकरण गराउन सम्बन्धित सूचना प्रकाशन गरेकाे छ ।

मापदण्ड र संहिता पालना गरि बनेकाे घर/भवनकाे नक्सा पास / नियमित गर्ने र अब निर्माण हुने घर तथा संरचनाहरू ईजाजत पत्र लिएर मात्र निर्माण भवन अनुमति तथा नियमन शाखा प्रमुख ईन्जिनियर अभय कान्त झाद्वारा जारी सूचनामा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630