skip this farak Kura Pravakar

राजसंस्था फर्किन्छ भन्ने कुरा दिवा सपना हो : अध्यक्ष नेपाल

990 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ–एकीकृत ट्रेड युनियन महासंघ नेपालले १३६ औँ मे दिवसका अवसरमा मजदुर भेला कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौँस्थित अनामनगर बिहिबार भएको भेलामा प्रमुख अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । ‘हाम्रो देशमा पनि २०७२ सालमा संविधान बनायौँ। त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानमा व्यवस्था गरिएको छ,’ उनले भने–‘अस्ति भर्खरै देख्नुभयो, इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउन मान्छेहरूले कोसिस गरेका थिए। उनीहरूले हामीले गरेकै कार्यक्रमको दिनमा अर्को आमसभा गरे। आमसभा अत्यन्तै हिंसात्मक रह्यो, हाम्रो पार्टी कार्यालयमा आगो लगाए। समान चोरेर लगे, तोडफोड गरे, यति सम्मकी मेरो घरमा पनि आक्रमण गरे। व्यापारीहरूको पसलमा पनि आगजनी गरे। निजी घरहरूमा पनि आक्रमण गरे र उनीहरूले आफ्नो वास्तविक रूप देखाए। त्यही दिन समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको थियो।’

उनले समाजवादी मोर्चाको कार्यक्रमले जनतामा उत्साह बढायो, राम्रो सन्देश दिएको बताए । ‘प्रतिगामीहरूले गरेको कार्यक्रमले जनतामा वितृष्णा बढायो। त्यसैले राजसंस्था फर्कने सम्भावना छैन। कसैले कल्पना गरेको छ भने त्यो सपना नदेख्न म आग्रह गर्छु,’ उनले थपे–जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडि बढाउने र भएका कमजोरीहरूलाई सुधार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जान्छ ।’

 

nijgadh-supermart-adz1200-630