skip this

गठबन्धन फेरिएसँगै राष्ट्रिय भूमि आयोग खारेज

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–गठबन्धन फेरिएसँगै राष्ट्रिय भूमि आयोग खारेज भएको छ । पुरानो गठबन्धनले आयोगको नेतृत्व गरेकाले नयाँ नियुक्त गर्न सरकारले आयोग खारेज गरेको हो ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । तर, यसबारेमा सरकारको प्रवक्ताले औपचारिक रुपमा भने जानकारी गराएको छैन ।

३० भदौं २०७८ मा गठन भएको आयोगको नेतृत्व कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाले गर्दै आएका थिए । गठबन्धन फेरिएको प्रभाव आयोगमा परेको हो ।

त्यसअघि पनि नेकपा (एमाले) नेता देवी ज्ञवालीले नेतृत्व गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिएको थियो । तत्कालिन आयोगजस्तै यो पटक पनि नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो ।

आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाजपूर्जा दिने गरी काम अघि बढाएको थियो । केहि स्थानमा आयोगले पूर्जा समेत वितरण गरिसकेको छ ।

nijgadh-supermart-adz1200-630