skip this

वित्तीय समानीकरण अनुदान बाराका कुन स्थानीय तहलाई कति ? यी हुन् अनुदान दिने आधार

3.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–आगामी आर्थिक वर्ष २०८१/८२ को लागि संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सामान्य बढाएर पठाएको गरि सिफारिस भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान वितरण गर्न सिफारिस गरेको छ ।

संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कुल चार वटा अनुदान पठाउने गर्छ । जसमध्ये विना सर्त तल्ले सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न सक्ने अनुदानका रुपमा पठाउने वित्तिय समानीकरण अनुदानको पठाएको छ ।

बारामा १६ वटा स्थानीय छन् । दुई उपमहानगर, पाँच नगरपालिका र अरु गाउँपालिका छन् । यी मध्ये कसले कति अनुदान पाए त ?

बारामा सबैभन्दा बढी अनुदान कलैया उपमहानगरपालिकाले पाएको छ । कलैया उपमहानगरपालिकाले २५ करोड ५२ लाख पाउँदा जीतपुर सिमरा उपमहानगरपालिकाले २४ करोड ९७ लाख प्राप्त गरेको छ ।

त्यसैगरि पाँच वटा नगरपालिकामा महागढीमाई नगरपालिकाले सबैभन्दा बढी अनुदान पाएको छ । महागढीमाईले १४ करोड ६२ लाख, कोल्हवी नगरपालिकाले १३ करोड ६६ लाख, सिम्रौनगढ नगरपालिकाले १३ करोड ६५ लाख, निजगढ नगरपालिकाले ११ करोड ८९ लाख, पचरौता नगरपालिकाले ११ करोड २७ लाख प्राप्त गरेको छ ।

त्यसैगरि गाउँपालिका मध्ये सुवर्ण गाउँपालिकाले सबैभन्दा बढी अनुदान पाएको छ । सुवर्णले १० करोड २९ लाख अनुदान पाएको हो । त्यस्तै आदर्श कोटवाल गाउँपालिकाले १० करोड १५ लाख, बारागढी गाउँपालिकाले १० करोड ९ लाख, प्रसौनी गाउँपालिकाले १० करोड ७ लाख, करैयामाई गाउँपालिकाले १० करोड ६ लाख, परवानीपुर गाउँपालिकाले ९ करोड ८० लाख, विश्रामपुर गाउँपालिकाले ९ करोड ६४, देवताल गाउँपालिकाले ९ करोड ३२ लाख, फेटा गाउँपालिकाले १० करोड ४ लाख अनुदान पाउने भएको छ ।

यो हेर्नुस् सूची

संविधानले प्रदेश र स्थानीय तहलाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न आवश्यक स्रोतको जोहो गर्न संघीय सरकारले यस्तो अनुदान तल्लो सरकारलाई पठाउने गरेको हो ।

के आधारमा अनुदान निर्धारण हुन्छ ?

अनुदानको न्यूनतम अंक, सूत्रमा आधारित र कार्यसम्पादनमा आधारित गरि तीन वित्तीय समानीकरण अनुदान निर्धारण गरिन्छ ।

सूत्रमा आधारित वित्तीय समानीकरणका लागि मानव विकास सूचकांक, आर्थिक सामाजिक असमानता, पूर्वाधार अवस्था, राजस्व अवस्था र खर्च आवश्यकता तथा राजश्व उठाउन सक्ने क्षमता गरी पाँच शीर्षकमा आयोगले मूल्यांकन गर्ने गर्छ ।

अर्को आधार हो, कार्य सम्पादन मूल्यांकन मानिन्छ । यसमा स्थानीय तहमा १७ सूचक तय गरी अंकभार दिने गरिन्छ । यसको नतिजा केही समय अगाडी आयोगले सार्वजनिक गरिसकेको छ ।

कार्यसम्पादन मूल्याङ्कन पुनरावलोकनकाे नतिजा सार्वजनिक ! बाराकाे कुन पालिकाकाे कति अङ्क ?

यसमा पूँजीगत खर्च भए–नभएकोदेखि समयमा बजेट ल्याए–नल्याएको सम्मका विषय मूल्यांकन गरिन्छ ।

nijgadh-supermart-adz1200-630