skip this

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।आइतबार प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

nijgadh-supermart-adz1200-630