आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ, यस्ता छन् मुख्य एजेण्डा
वि.सं.२०७९ असोज २५ मंगलवार १२:१३
852
shares

काठमाडौं ।आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी मनोयनपछि आज सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठक दिउँसो एक बजे बालुवाटारमा बस्नेगरि बोलाइएको छ।
बैठकमा जसपाका मन्त्रीहरु हटाउने विषयसहित उम्मेदवारी मनोयनको पनि समीक्षा हुने जनाइएको छ।कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलादेखि सत्ता गठबन्धनमामा रहेको जसपामा हालै एमालेसँग गठबन्धन गर्न पुगेको छ।
वि.सं.२०७९ असोज २५ मंगलवार १२:१३
















