skip this

न्याय दिने र नेतृत्व गर्ने विषयमा सर्वोच्च अदालत कमजोर– अर्जुननरसिंह केसी (भिडियोसहित)

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-न्याय दिने र नेतृत्व गर्ने विषयमा सर्वोच्च अदालत कमजोर हुँदै गएको नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बताएका छन् । उनले प्रधानन्यायाधीश नियुक्ति प्रकृया अगाडि बढाउन आग्रह गरेका हुन ।

आज प्रतिनिधि सभाको बैठकको सुरुमा नै सभामुखसँग समय लिएर बोल्दै सांसद केसीले देशको संविधानको रक्षकको रूपमा रहेको सर्वोच्च अदालत एक वर्षदेखि कायम मुकायमको नेतृत्व रहेको बताउँदै यसले पार्ने मनोवैज्ञानिक र संस्थागत असरबारे सरकार गम्भीर भएर लाग्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले सर्वोच्चका भूतपूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग अझै टुङ्गिन नसकेको भन्दै अहिलेसम्म पनि महाभियोगको विषय निरूपण नहुनु दुःखद भएको जिकिर गरेका छन् ।तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लागेपछि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमा छ ।जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग दर्ता भएको थियो । उनीविरुद्धको महाअभियोग टुंगो नलागी उनी निलम्बनकै अवस्थामा अवकाश पाइसकेका छन् । तर, न्यायालयले प्रधानन्यायाधीश पाउन सकेको छैन ।

भिडियो : 

https://www.facebook.com/faraknepaltv/videos/625096936290790

nijgadh-supermart-adz1200-630