वेपत्ता परिवारको पीडालाई ध्यान दिएर शान्ति प्रक्रियाका बाँकी काम अघि बढाइयोस् – हितराज पाण्डे
वि.सं.२०७९ फागुन ३ बुधवार १२:३२
765
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शान्ति प्रक्रियाका बाँकी काम तीव्रताका साथ अघि बढाउन सरकारलाई अपिल गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख पाण्डेले शान्ति प्रक्रियाका बाँकी काम तीव्रताका साथ अघि बढाउनुपर्ने बताएका हुन ।
उनले भने’ ‘बेपत्ता योद्धाहरू अहिलेसम्म सार्वजनिक भइरहेका छैन्न् । बेपत्ता परिवारको पीडालाई ध्यान दिएर यो कामलाई अबिलम्ब अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
वि.सं.२०७९ फागुन ३ बुधवार १२:३२

















