बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई तल्काल कारबाही गर्नुपर्छ –महत (भिडियोसहित)
वि.सं.२०७९ फागुन ३ बुधवार ११:५७

काठमाडौं-नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने प्रवक्ता महतले उक्त माग गरेका हुन् ।
प्रवक्ता महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरेका छन् । तत्काल दोषीलाई कारबाही गर्नुपर्ने उनले बताएका छन् । वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने उनले उल्लेख गरेका छन् । उनले मजदुरको नाममा शक्तिको आडमा अनियमितता भइरहेको छ कि भनेर ध्यान दिनुपर्ने बताएका छन् ।
भिडियो :
https://www.facebook.com/watch?v=6043183235777521
वि.सं.२०७९ फागुन ३ बुधवार ११:५७

















