skip this farak Kura Pravakar

उद्योगको ‘कभर’ बनेर सडकमा उत्रिए सिमराका मजदुर !

उद्योग बन्द भए रोजगारी गुम्ने चिन्ता

3.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा–पर्सा जिल्ला समेटिएको पथलैया–वीरगञ्ज रुटलाई ‘औंद्योगिक करिडोर’ का रुपमा चिनिन्छ । यहाँ सयौंका संख्यामा साना–ठुला उद्योग छन्, जहाँ हजारौंको संख्यामा मजदुरले काम गर्छन् ।

औद्योगिक करिडोरमा मजदुर आन्दोलनका समय बेला–बेलामा आईनै रहेका हुन्छ । जुन पछिल्ला वर्षमा निकै कम मात्र मजदुर आन्दोलन भईरहेको छ । उद्योगभित्र रहेका आधिकारिक ट्रेड युनियनहरुले गर्ने त्यस्ता आन्दोलन मजदुरको हक, अधिकारका लागि हुने गरेको थिए ।

सिमरामा बुधबार विशाल मजदुर आन्दोलन भयो । सडक नै भरिने गरि हजारौं मजदुर सहभागि भएको आन्दोलनको विगतमा झैं मजदुरका हकहितमा भन्दा पनि उद्योगको ‘कभर’ बनेर प्रदर्शित थियो ।

विगतका मजदुर आन्दोलनको तुलनामा यो आन्दोलन फरक भएको मजदुर नेता नै स्विकार गर्छन् । अखिल नेपाल औद्योगिक मजदुर संघ केन्द्रिय अध्यक्ष बेनी तिमल्सिनाले मजदुरले आफ्नो रोजिरोटी जोगाउन गरेको आन्दोलनले उद्योगलाई सहयोग पुगेको बताउँछन् ।

‘उद्योगीले सरकारसँग आफ्नो माग राख्न आन्दोलनले सहयोग पुगेको छ,’ अध्यक्ष तिमल्सिनाले भने–‘मजदुर आन्दोलन अहिले दोहोरो भूमिकामा छ । उद्योगलाई संकट परेको बेलामा मजदुरलाई पनि असर पर्ने भयो । महसुलको बहानामा उद्योग बन्द गरेर मजदुरको असर पर्नुभएन ।’

आर्थिक मन्दीले धमाधम उद्योग बन्द भएका समाचार बाहिर आएको बेलामा नेपाल विद्युत प्राधिकरणले विद्युत लाईन कटौती गरेपछि यो करिडोरका उद्योग धमाधम बन्द भईरहेको छ ।

सिमरामा रहेको जगदम्बा स्टिल उद्योग बन्द हुदाँ त्यसले त्यस उद्योगमा काम गर्ने मजदुरसहित त्यहाँको अर्थतन्त्रमा समेत नराम्रो प्रभाव पर्छ । विगतमा उद्योग बन्द गर्नुपर्छ भनेर आवाज उठेको सिमरामा उद्योग बचाउन र रोजगारी र अर्थतन्त्र जोगाउन मजदुर आन्दोलित भए ।

सरकार र उद्योगीको विवादको कारण मजदुर कटौती हुने चिन्ताले आन्दोलनमा उत्रिएको जगदम्बा स्टील मजदुर यूनियनका सचिव दिपक कार्कीले बताए ।

उनले विगतदेखि चलेको विवादमा लाईन काटिएपछि मजदुरका घर फर्किनु पर्ने अवस्था आएपछि विद्युत, नेपाल सरकार र रोजगारदातालाई ध्यानाकर्षण गराउने उद्देश्यले आन्दोलन गर्नुपरेको बताए ।

‘उद्योगले विभिन्न बाहानामा मजदुर कटौती गर्दै आएको छ,’ सचिव कार्कीले भने–उद्योगीले विद्युतको बाहानामा समेत कटौती नहोस् भन्ने बारे हामी सचेतका छौं । सरकार र उद्योगले लिने र दिने कुरा सहज वातावरणमा मिलेर समाधान गरियोस् र मजदुरले सहज रुपमा काम गर्ने अवस्था सृजना होस् ।

आन्दोलनमा अखिल नेपाल औद्योगिक मजदुर संघ ईकाई स्तरका मजदुर नेता सहभागि थिए । उनीहरुको आन्दोनमा बन्द भएका अशोक स्टिल, बन्द हुने चरणमा रहेका हुलास स्टिल लगायतका उद्योगका मजदुर सहभागि भएका थिए ।

रोजगारदाता र सरकारबीचको द्वन्द्वले श्रमिकको रोजगारीलाई असर गर्न नपाइने भन्दै जगदम्बा स्टिल्स् प्रालि, हुलास स्टिल्स प्रालि, अशोक स्टिल्स् प्रालि र त्रिवेणी स्पेनिङ मिल्सका मजदुरहरू विभिन्न नारा लेखिएको प्लेकार्डसहित सडकमा उत्रिएर प्रदर्शन गरेका थिए ।

ज्ञापन पत्र पेश

विरोध प्रदर्शनसँगै उनीहरूले सिमरास्थित इलाका प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएका छन् ।

मजदुरको नेतृत्व गर्दै पुगेका विभिन्न ट्रेड युनियनका नेताले इलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरी र विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा उनीहरूले सरकार र रोजगारदाताबीचको विवाद तत्काल समाधान गरेर आफूहरूको रोजगारी सुनिश्चितता गर्न माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरी ।

प्राधिकरणले विद्युत कटौती गर्दा उद्योगमा कार्यरत करिब ६ हजार मजदुरको रोजगारी खोसिने अवस्था रहेको ट्रेड युनियनको ज्ञापनपत्रमा उल्लेख छ । उनीहरूले रोजगारदाता र सरकारबीचको विवाद तत्काल समाधान नभए संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

प्राधिकरणले पथलैया–वीरगन्ज व्यापारिक मार्गमा पर्ने तीन ठूला उद्योगको विद्युत आपूर्ति कटौति गरिसकेको छ । अन्य उद्योगको लाइन काट्ने तयारी भइरहेको छ । प्राधिकरणले उद्योगको लाइन काट्न थालेपछि रोजगारी गुम्ने खतरा देखेका मजदुर विरोधमा उत्रिएका हुन् ।

किन काटियो विद्युत आपूर्ती

सिमरा वितरण केन्द्रले जगदम्बा स्टिल्स् र अशोक स्टिल्स्को विद्युत कटौति गरिसकेको छ । उता वीरगन्ज वितरण केन्द्रले त्रिवेणी स्पेनिङ मिल्सको विद्युत लाइन काटेको छ ।

डेडिकेटेड र ट्रंकलाइन सेवाबापत जगदम्बा स्टिल्स्ले चार सय १४ करोड र अशोक स्टिल्स्ले ७८ करोड बक्यौता तिर्न बाँकी रहेको सिमरा वितरण केन्द्रको भनाइ छ ।

जगदम्बा र अशोक स्टिल्स् सिमरा वितरण केन्द्रअन्तर्गत पर्छन् । यसबाहेक सिमरा वितरण केन्द्रबाट हुलास स्टिल्स्, हामा आइरन र सूर्य नेपाल प्रालिले डेडिकेटेड र ट्रंकलाइन सेवा लिएका थिए । उक्त सेवापत हुलास स्टिल्स्ले ४३ करोड, हामाले ११ करोड ५० लाख र सूर्य नेपालले अढाई करोड बक्यौता तिर्न बाँकी छ ।

nijgadh-supermart-adz1200-630