skip this

गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता छैन –प्रचण्ड

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनासम्म गर्न नसकिने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।आइतबार पार्टी पदाधिकारी बैठकमा प्रचण्डले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता नभएको बताएका हुन्। उनले राष्ट्रपति राजनीति बुझेको मान्छे हुनुपर्ने र दलकै व्यक्ति हुनुपर्ने जिकिर गरेका छन्।

अध्यक्ष प्रचण्डले सबैलाई एकताबद्ध भएर अघि लैजान आफूले प्रधानमन्त्रीमा दाबी गरेको बताए। उनले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्। निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।

nijgadh-supermart-adz1200-630