skip this

जनताको जनादेशको अवमूल्यन गर्नेले ठूला कुरा गरिरहेका छन् –प्रकाशमान सिंह

870 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई लक्षित गर्दै जनादेशको अवमूल्यन गर्नेले परमादेशको कुरा गरेको नसुहाउने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले टिप्पणी गरेका छन्। आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले जनताको जनादेशको अवमूल्यन गर्नेले ठूला कुरा गरिरहेको आरोप लगाएका छन्।

कांग्रेस अरु पार्टीजस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने भएकाले परिस्थितिलाई सम्हाल्दै अगाडि बढेको नेता सिंहको दाबी छ। कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानका कार्यक्रमसहितको अजेन्डा लिएर जनताको बीचमा जानुपर्ने उनको भनाई छ । नेता सिंहले कांग्रेसले आफूले गरेका कामका बारेमा प्रचार गर्न नसकेको दुखेसो व्यक्त गरेका छन्। परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनताले अनुभूति गराउनेगरि छलफल चलाउनुपर्ने नेता सिंहले सुझाव दिएका छन्।

nijgadh-supermart-adz1200-630