skip this farak Kura Pravakar

ललितपुर, सुनसरी र बागलुङमा तीन जना मृत अवस्थामा फेला

978 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।ललितपुर, सुनसरी र बागलुङमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सुनसरीको देवानगंज गाउँपालिका–४ पाल टोलस्थित मकैबारीमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बागलुङको बागलुङ नगरपालिका–१० गलुवा बस्ने ४४ वर्षीय प्रेम बहादुर विक आफनै घरबाट करिब १० किलोमिटर टाढा भातेखोलाको किनारको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । वैंशाख २० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630