skip this farak Kura Pravakar

गाडी नपाएर अलपत्र परेकी महिलालाइ घर पुर्याउन गएकाे गाडी एमाले कार्यकर्ताले घेरेपछि..

हल्लाकाे पछाडि नलाग्न आग्रह

5.57K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । निजगढ नगरपालिकाका गठबन्धनका उपमेयरका उम्मेदवार रविराज दंगालकाे गाडी केही युवाहरुले घेरेका छन् ।

दंगालले प्रयाेग गर्दै आएकाे स्कारपिओ निजगढ १२ लहरेघारीमा राती करिव १० देखि १२ बजेसम्म घेराउ गरेका हुन् । माैन अवधि सुरु नभएकाे अवस्थामा अलपत्र परेकाे अवस्था घर पुर्याउन आएकाे गाडी घेरेकाेप्रति स्थानीयले आलाेचना गरेका छन् । अन्य टाेलबाट आएर गाडी घेर्ने कार्य गरेर गाउँकै बदनाम गरेकाे भन्दै स्थानीय सञ्जिता घिसिङले असन्तुष्टि जनाएका छन् ।

भरतपुरमा उपचारत भाउजुलाइ भेटेर घर फर्किने क्रममा गाडी नपाएर अलपत्र परेकी नेतृ जाेशिमाया तामाङलाइ निजगढ बजारबाट निजगढ १२ लहरेघारीस्थित घरमा पुर्याउन पुगेकाे गाडी घेरेका हुन् । घर आएका दंगालसहितलाइ खाना खुवाउने जाेशिमायाले ईच्छा राखेपछि एक घण्टा अलमल भएकाे थियाे । उनीहरु घरभित्र खाना खाइरहेकाे अवस्थामा एमाले कार्यकर्ताले गाडी घेराउ गरेकाे जाेशिमायाले बताइन् ।

अराजक शैलीबाट घर र गाडी घेराउ गरेपछि प्रहरीलाई खबर गरेकाे उनले जानकारी दिईन् । माैन अवधि सुरु नभएकाे अवस्थामै उम्मेदवारलाई किन घेरेकाे भनेर प्रहरीले सम्झाएपछि दुई घण्टापछि दंगाल नेतृत्वकाे टाेली निजगढ फर्किएकाे थिए ।

गाउँमा काेहि नयाँ मान्छे पुगेकाे अवस्थामा साेधखाेज गर्नु विषय सामान्य भएकाे प्रतिक्रिया दिएका छन् । उनले आफू आज विहानबाटै साेहि क्षेत्रमा चुनावी तयारीकाे विषयमा भेटघाटमा रहेकाे जानकारी दिए । `निश्पक्ष र मर्यादित रुपमा निर्वाचन गर्ने वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्छ,´उनले भने- निर्वाचन आउँछ, जान्छ तर हामीबीचकाे हार्दिकतामा खलल नपुर्याओैं ।´ उनले मतदातालाई भयरहित वातावरणमा जनप्रतिनिधि राेज्ने अवसरकाे सदुपयोग गर्न आग्रह गरे ।

विभिन्न व्यक्तिले प्रहरीले नियन्त्रणमा लिएकाे, उम्मेदवारी खारेज भएकाे भनी चलाएकाे हल्ला निराधार भएकाे उनले जानकारी दिए ।
भिडियो : https://fb.watch/cX93qil450/

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630