आज नेपाल साफ यू–२० च्याम्पियनसिपमा श्रीलंकासँग खेल्दै
वि.सं.२०७९ साउन ११ बुधवार ०७:२४
2.54K
shares

काठमाडौं । आज नेपालले साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा दोस्रो खेल खेल्दैछ ।नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ १५ बजे सुरु हुनेछ ।नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
वि.सं.२०७९ साउन ११ बुधवार ०७:२४

















